Vutla
Laxmibhuwan sun chadi

बैतडीको झौलेकमा जिप दुर्घटनामा ज्यान गुमाएका परिवारलाई सहयोग

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम
जय भगवति मेलौली सुनचाँदी

बैतडीमा जिप दुर्घटनामा ज्यान गुमाएका बझाङको केदारस्युँ गाउँपालिकाका ६ जनाका परिवारलाई आर्थिक सहयोग गरिएको छ।बझाङ जोड्ने जयपृथ्वी राजमार्ग अन्तर्गत पर्ने बैतडीको पाटन नगरपालिका वडा नम्बर ८ को झौलेक मोडमा भएको जिप दुर्घटनामा परी ज्यान गुमाएका परिवारलाई बुङ्गलका म्याक्स क्षेत्रीले आर्थिक सहयोग गरेका हुन्। क्षेत्रीले किरिया खर्च तथा अन्य खर्चको व्यवस्थापन होस् भनेर शनिवार २० हजार सहयोग गरे। काठमाडौँमा व्यापार गर्दै आएका क्षेत्रीले सहयोगीमार्फत सहयोग पुर्याएका हुन्। उनी सामाजिक कार्यमा अग्रसर हुने युवा व्यवसायी हुन्नयाँ वर्ष तथा बिसुुका लागि भारतको पिथौरागणबाट घर फर्किरहेका उनीहरूको चैत्र २८ गते झुलाघाटबाट बझाङको बाग्थलातर्फ आउँदै गरेको से १ ज ७६४ नम्बरको जिप दुर्घटना हुँदा मुत्यु भएको थियो।

यसअघि केदारस्युँ गाउँपालिकाले पनि किरिया खर्च स्वरुप ३५ हजारका दरले मृतक ६ जनाका परिवारलाई आर्थिक सहयोग गरेकोे थियो। सवारीधनीले मृतकका परिवारलाई ५ लाखका दरले क्षतिपूर्ति दिने भएको छ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page