Vutlaxapu
Laxmibhuwan sun chadi

दोगडाकेदारमा युवक हत्या प्रकरण : हत्यामा संलग्नको पहिचान, खोजि कार्य जारी

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी। दोगडाकेदार गाउँपालिका–८ का ३८ वर्षिय वाशुदेव जोशीको हत्यामा संलग्नको पहिचान भइसकेको छ। गाउँकै एक जना युवाले बाटो ढुकेर शनिबार राति करिब ८ बजेतिर धारिलो हतियारले घाँटी रेटेर जोशीको हत्या गरेको प्रहरीले जनाएको छ।घर नजिकै घाँटी रेटेर हत्या गरिएको अवस्थामा जोशीको शव फेला परेको थियो। जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख डिएसपी प्रेम बहादुर शाहीले घटनामा संलग्न ब्यक्तिको परिचय खुलिसकेको र खोजिकार्य भइरहेको बताए।

 

‘घटनास्थलमा एक जना युवालाई देखेको स्थानीय प्रत्यक्षदर्शीले बताएका छन्,’ शाहीले भने, ‘घटनापछि ती युवा फरार छन्, हामी खोजी गरिरहेका छौँ।’ बिष्ट थरका ती युवाले बाटो ढुकेर जोशीको हत्या गरेको प्रहरीले जनायो।

जय भगवति मेलौली सुनचाँदी

हत्या घटनामा अन्य केही जना समेत संलग्न रहेको हुनसक्ने अनुमान प्रहरीको छ। घटना योजनाबद्ध र नियोजित रुपमा भएकाले दोषीमाथि कडा सजायकोे माग आफन्तले गरेका छन्।

जोशीलाई गत चैत २९ गते एक महिलालाई कुटपिट गरेको आरोप लागेको थियो। जिल्ला प्रहरी कार्यालय पुगेर दुबै पक्षकाबीच मिलापत्र भएको थियो।

 

घटना गत फागुनतिर भएको र दुबै पक्षबीच पुनः बिवाद भएपछि जिल्ला प्रहरी कार्यालय पुगेर सहमती भएपछि घर फर्किएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको र आरोपित युवालाई चाडै पक्राउ गरिने डिएसपी शाहीले बताए।#सिमारेखा

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page