



बैतडि:माघ ९ गते बैतडी, बैतडीको सुर्नया नदीमा एक पुरुष मृत फेला परेका छन । पाटन नगरपालिका ३ र ४ को सिमामा पर्ने सैन्देउ नजिक सुर्नया नदीमा अन्ताजी २६ वर्षका एक पुरुषको शव फेला परेको इलाका प्रहरी कार्यालय पाटनले जनाएको छ । शव कस्को हो र कसरी मृत्यु भयो भन्ने खुल्न सकेको छैन । प्रहरी घटनास्थलतर्फ गईरहेको छ । आज बिहान स्थानीयहरुले नदीमा शव देखेपछी प्रहरीलाई खबर गरेका थिए । घटना बारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।




