



बैतडी -सुदूरपश्चिम प्रदेशको कैलाली र कञ्चनपुरमा निर्माण गरिएका होल्डिङ सेन्टर प्रयोगविहीन बनेका छन् ।कोरोना महामारीका बेला भारतबाट स्वदेश फर्कने संक्रमितलाई राख्नका सीमा क्षेत्रमा बनाइएका २ वटा होल्डिङ सेन्टर प्रयोगमा आउन नसकेका हुन्प्रति होल्डिङ सेन्टर २८ करोड ८१ लाख रुपैयाँभन्दा बढीको लागत छ । लामो समयदेखि प्रयोगविहीन रहेका ती होल्डिङ सेन्टर जीर्ण बन्ने जोखिम बढेको छ ।कोरोना संक्रमण उत्कर्षमा पुगेको बेला निर्माण सुरु गरिएको तर निर्माण सम्पन्न भइसक्दा अवस्था सामान्य भएकाले होल्डिङ सेन्टर निर्माण भएदेखि नै प्रयोगमा आएको छैन । कोरोना संक्रमणको दोस्रो लहरमा सम्भावित महामारीको अवस्थालाई ध्यानमा राखेर सरकारले नाका नजिक होल्डिङ सेन्टर निर्माण गरेको हो ।त्रिनगर भन्सार नाका नजिकै धनगढी उपमहानगरपालिका–३, बडहारा र कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ सालघारीमा होल्डिङ सेन्टर निर्माण गरिएको छ ।
नेपाली सेनामार्फत हनुमान कन्सट्रक्सनले १/१ हजार मानिस अट्ने क्षमताको होल्डिङ सेन्टर निर्माण गरेको हो । होल्डिङ सेन्टरमा २० वटा क्वारेन्टाइन, २ वटामा चिकित्सक कक्ष, २२ वटा शौचालय तथा १५ वटा भान्सा घरसहित ५९ वटा ब्लक निर्माण गरिएका छन्जगभन्दा माथि प्रिफ्याबको भित्ता र टिनको छानासहितका ब्लक निर्माण गरिएका छन् । १४ वटा क्वारेन्टाइन ब्लकमा ३ सय वटा शय्या राखिएका छन् । होल्डिङ सेन्टरमा अहिले नेपाली सेनाले पहरा दिइरहेको छ । ।




