


बैतडी -नेपाल उत्पीडित जातीय मुक्ति समाज बैतडीको ८ औँ जिल्ला सम्मेलन यहि वैशाख ९ गते हुने भएको छ ।

नेकपा एमालेको भातृ संगठनका रुपमा रहेको मुक्ति समाजको जिल्ला सम्मेलन जिल्ला सदरमुकाम बैतडीमा हुन लागेको संगठनका बैतडी इन्चार्ज बलभद्र दयालले बताए । उक्त कार्यक्रममा नेकपा एमालेका केन्द्रीय देखी जिल्ला तहका नेता, मुक्ति समाजका केन्द्रीय नेताहरुको आथित्यता रहने उनले बताए ।
उक्त सम्मेलनमा जिल्लाभरबाट २ सयजना प्रतिनिधि सहभागी हुनेछन् भने, सबै राजनितिक दलका दलित भातृ संगठनका नेताहरुलाई समेत आमन्त्रण गरिएको छ । सम्मेलनको उद्घाटन सत्र ९गते विहान ११गते नेकपा एमालेको पार्टी कार्यालय गढी बैतडीमा हुने छ ।




