



बैतडि,:माघ ९ गते
बैतडीको मेलौली नगरपालिकामा रहेको केशरपुर स्वास्थ्यकेन्द्रमा कार्यरत ४ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्यकेन्द्रका अनुसार ४ जना स्वास्थ्यकर्मीमा कोरोना देखिएपछि आकस्मीकबाहेकका सेवाहरु बन्द गरिएको छ । एक सुचना जारी गर्दै स्वास्थ्य केन्द्रमा कार्यरत स्वास्थ्यकर्मीमा कोरोना पोजेटिभ भएकाले आकस्मतीक बाहेकका सेवाहरु दिन नसकिने जनाएको हो ।




