Vutlaxapu
Laxmibhuwan sun chadi

प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्डमा पहिलो दिन बैतडीलाई चार पदक

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी -सुदूरपश्चिम प्रदेशस्तरीय १३ औं राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता आजदेखि शुरु भएको छ । प्रतियोगिताको पहिलो दिन बैतडीले चार पदक हात पारेको छ ।

एक स्वर्णपदक २ कास्यपदक र दुई रजतपदक गरि चार पदक हात पारेको बैतडी जिल्ला खेलकुद समितिका अध्यक्ष चमनकुमार भण्डारीले जानकारी दिनुभयो ।

एथ्लेटिक्स अन्तर्गत हाइजम्प छात्रमा स्वर्ण, ट्रिपल जम्प छात्रमा कास्य र हाइजम्प छात्र र दौड १५०० मिटरमा छात्रामा रजत जितेको हो ।

यस्तै बझाङलाई हराउँदै बैतडी छात्र कबड्डीको सेमिफाइनलमा पुगेको भण्डारीले बताउनुभयो ।

जय भगवति मेलौली सुनचाँदी

प्रतियोगितामा एथ्लेटिक्स र उसु कैलालीमा, कञ्चनपुरमा कबड्डी, डोटीमा भलिबल, करातेको प्रतिस्पर्धा अछाममा र तेक्वान्दो डडेल्धुरामा भइरहेको छ ।

प्रतियोगितामा सुदूरपश्चिमका बैतडीसहित दार्चुला, बझाङ, डडेल्धुरा, डोटी, अछाम, बाजुरा, कैलाली र कञ्चनपुर सहभागी छन् ।

प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सोमबार सम्पन्न हुनेछ ।

यस प्रतियोगिताका लागि यसअघि नै सबै जिल्लामा छनौट प्रतियोगिता सञ्चालन गरिएको थियो ।प्रतियोगितामा माध्यमिक विद्यालयहरूमा अध्ययनरत १८ वर्षमुनिका छात्रछात्राहरू सहभागी छन् ।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई केन्द्रस्तरीय १३ औं राष्ट्रपति रनिङ शिल्डका लागि छनौट गरिने सुदूरपश्चिम प्रदेश खेलकुद परिषदले जनाएको छ ।

राष्ट्रिय खेलकुद परिषद् राखेपको आयोजनामा केन्द्रस्तरीय १३ औं राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता वैशाख १५ देखि १७ गतेसम्म काठमाडौंमा हुँदैछ ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page