



बैतडी। आज विश्व मलेरिया (औलो) दिवस । ‘शून्य मलेरिया प्रदान गर्ने समयः लगानी, आविष्कार, कार्यान्वयन’ भन्ने नाराका साथ विश्वभरि मनाइँदै छ ।लामखुट्टेको टोकाइबाट सर्ने एउटा अत्यन्त जोखिमयुक्त रोग ’औलो’ विरुद्धको दिवस संसारभर प्रत्येक वर्ष २५ अप्रिलमा मनाइन्छ । यसबारे सचेतनाका लागि आज संसारभरि विभिन्न जनचेतनामूलक कार्यक्रम गर्दै औँलो दिवस मनाइँदै छ।
नेपालमा पनि स्वास्थ्य संस्था, स्वास्थ्य क्षेत्रमा काम गर्ने सङ्घ–संस्था अनि कर्मचारीहरूले विभिन्न कार्यक्रम मार्फत तथा घरदैलो जस्ता विभिन्न जनचेतना मूलक कार्यक्रमको आयोजना गरेर यो दिवसको बारेमा जानकारी फैलाउने गर्दछन्।यसबारे कतिपय विकासोन्मुख देशका नागरिकहरूमा चेतना स्तरको कमी, स्वास्थ्योपचारको अभाव, गरिबी अनि हेलचेक्राईका कारणले मृत्युको सङ्ख्या आशा गरे अनुरूप घट्न भने सकेको छैनयसको रोकथाम गर्न समयमा खोप, आवश्यक औषधोपचार तथा घरभित्र वा बाहिर सुत्दा अनिवार्य झूलको प्रयोग महत्त्वपूर्ण मानिएको छ ।




