Vutlaxapu
Laxmibhuwan sun chadi

विनासकारी भूकम्पको आठ वर्ष पूरा

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

काठमाडौं -विसं २०७२ वैशाख १२ गते मध्याह्न ११ः५६ बजे गोरखाको बारपाक केन्द्रबिन्दु भएर ७ दशमलव ६ म्याग्निच्युडको भूकम्प गएको थियो।

भूकम्पले काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, नुवाकोट, धादिङ, रसुवा, गोरखा, मकवानपुर, सिन्धुली र ओखलढुङ्गा जिल्लामा बढी प्रभाव पारेको थियो।

बढी प्रभाव परेका १४ जिल्लालाई सरकारले अति प्रभावित भनी घोषणा गरेको थियो। भूकम्पले करिब नौ हजार मानिसको निधन भएको थियो। अति प्रभावित १४ र कम प्रभावित १८ जिल्लामा गरी आठ लाख बढी निजी आवासमा क्षति पुगेको थियो। भूकम्पले करिब एक हजार ५०० सांस्कृतिक सम्पदामा क्षति भएको थियो।

अति प्रभावित र प्रभावित जिल्लाका विद्यालय, स्वास्थ्य संस्था, सुरक्षा निकायका भवन, सडक र खानेपानी आयोजनामा भूकम्पले क्षति पुगेको थियो।

जय भगवति मेलौली सुनचाँदी

पछिल्लो आठ वर्षमा नेपालमा चार म्याग्निच्युडमाथिका सात सय २३ वटा भूकम्प गएका छन्। यसमध्ये पाँच सय ८३ वटा गोरखाको बारपाक भूकम्पको परकम्प हुन्।

आठ वर्षमा गएका सात सय २३ वटा भूकम्प र परकम्प चारदेखि ७.६ म्याग्निच्युडका छन् । पछिल्लोपटक २२ कात्तिक ०७९ को राति डोटी केन्द्रबिन्दु भएर गएको ६.६ म्याग्निच्युडको भूकम्प २९ वैशाख ०७२ मा सिन्धुपाल्चोकमा गएको ७.२ म्याग्निच्युडको भूकम्पपछि ठूलो हो ।

त्यस्तै, ०७३ मा रामेछापमा ५.६, ०७४ मा दोलखामा ५.२, ०७५ मा धादिङमा ५.२, ०७६ मा बझाङमा ५.७, ०७७ मा सिन्धुपाल्चोकमा ६ र ०७८ मा लमजुङमा ५.८ म्याग्निच्युडका भूकम्प गए । देशभर चार म्याग्निच्युडभन्दा मुनिका ५० हजारभन्दा बढी परकम्प गए ।

विसं १९९० माघ २ गतेको भूकम्पको सम्झनामा सरकारले २०५६ सालदेखि भूकम्प सुरक्षा दिवस मनाउन थालिएको थियो। दिवसका माध्यमबाट चेतना जागृत गराई भूकम्पबाट सुरक्षित बनाउने सरकारको लक्ष्य छ।

नेपाल भूकम्पीय जोखिमको क्षेत्रमा पर्दछ। यस अवसरमा आज विभिन्न जनचेतनामूलक कार्यक्रम आयोजना गर्न लागिएको जनाइएको छ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page