Vutla
Laxmibhuwan sun chadi

बैतडीः एमालेका उम्मेदवारद्वारा निर्वाचन खर्च विवरण सार्वजनिक

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी- गत मंसिर ४ गते सम्पन्न प्रदेश तथा प्रतिनिधिसभा सदस्यको निर्वाचनमा बैतडीबाट उम्मेदवार बनेका नेकपा एमालेका उम्मेदवारहरुले निर्वाचन खर्च विवरण बुझाएका छन् । प्रतिनिधि सभा सदस्यका उम्मेदवार दामोदर भण्डारी, प्रदेशसभा क्षेत्र नं (क)का उम्मेदवार सुरेन्द्र पाल र क्षेत्र नं (ख)का उम्मेदवार लिलाधर भट्टले निर्वाचन कार्यालयमा खर्च विवरण बुझाइसकेको नेकपा एमालेका जिल्ला कमिटि उपसचिव सरस्वती नेपालीले जानकारी दिइन् ।

 

जय भगवति मेलौली सुनचाँदी

प्रतिनिधि सभा सदस्यमा बैतडीबाट निर्वाचित समेत भएका दामोदर भण्ढडारीले ६,६८,२७५ रुपैया खर्च गरेकाृ खर्च विवरणमा उल्लेख गरेका छन् । मतदाता नचामावली प्रिन्ट, नमुना मतपत्र छपाई, घोषणा पत्र छपाई, स्वस्तीक छाप, पार्टीको झण्डा, सहभागीहरुको खाना, यतायत तथा बासगरी ६,६८,२७५ खर्च भएको विवरण जिल्ला निर्वाचन कार्यालयमा बुझाइएको हो ।

त्यसैगरी प्रदेश सभा क्षेत्र नं (क)बाट प्रदेश सभा सदस्यमा निर्वाचित समेत भएका एमालेका सुरेन्द्र पालले ४,१७,५३३ रुपैया खर्च भएको विवरण बुझाएका छन् ।

 

त्यसैगरी प्रदेश सभा क्षेत्र नं (ख)बाट उम्मेदवार बनेका एमालेका लिलाधर भट्टले ४,९७,७२५ रुपैया खर्च भएको विवरण बुझाएका छन् । उनि क्षेत्र नं (ख)बाट पराजित भएका थिए ।

 

 

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page