Vutla
Laxmibhuwan sun chadi

बैतडीको सिगासमा भतिजीमाथि बलात्कार गरेको आरोपमा काका पक्राउ

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी, बैतडीको सिगास गाउँपालिका–१ का २२ वर्षीय युवकलाई प्रहरीले बलात्कार आरोपमा पक्राउ गरेको छ । गाउँकै भतिजी नाता पर्ने १५ वर्षीया बालिकामाथि बलात्कारको आरोपमा ती २२ वर्षीय युवकलाई प्रहरीले पक्राउ गरेको हो ।

 

चैत २९ गते पीडित पक्षले निवेदन दिएको र भोलिपल्ट आरोपित युवकलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख, प्रहरी निरीक्षक कमल प्रशाद चौधरीले जानकारी दिए । घटना पुस १५ गते राती भएको बुझिएको छ । बालिकाका बुवा रोजगारीको सिलसिलामा भारत रहेका र भारतबाट घर आएर प्रहरीमा निवेदन दिएको बताइएको छ ।

जय भगवति मेलौली सुनचाँदी

पिडित बालिकाको पनि परिचय खुल्नसक्ने भएकाले आरोपित युवकको परिचय पनि प्रहरीले गोप्य राखेको छ ।

पीडित बालिकाका आफन्तले घटनालाई आर्थिक प्रलोभन देखाई ढाकछोप गर्न खोजेको र न्यायलाई प्रभावित गर्न खोजेको आशंका व्यक्त गरेका छन् । बलात्कार आरोपितको तर्फबाट घटनालाई प्रभावित गर्न खोजिएको बताउँदै पीडितका आफन्तले पीडितले न्यान नपाएको अवस्थामा पुनरावेदन समेत जाने चेतावनी दिएका छन् । पीडितका आफन्तले निष्पक्ष छानबिनको माग गरेका छन् ।

यता प्रहरीले भने निष्पक्ष अनुसन्धान भइरहेको दाबी गरेको छ । अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख, प्रहरी निरीक्षक चौधरीले बताए ।

बालिकामाथि भएको उक्त घटनाप्रति ध्यानाकर्षण भएको भन्दै महिला अधिकारकर्मीले पनि निष्पक्ष अनुसन्धान हुनुपर्ने माग गरेका छन् ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page