



बैतडी -बैतडीमा भिरबाट लडेर गम्भिर घाइते भएका एक पुरुषको उपचारका क्रममा मृत्यु भएको छ । जिल्लाको दशरथचन्द नगरपालिका २ थलालगाउँका ३२ वर्षीय हर्क सिंह थलालको मृत्यु भएको हो । गत चैत्र २७ गते घर जाने क्रममा गाउँ नजिकैको भिरबाट लडेका थलालको उपचारका क्रममा सेती प्रादेशिक अस्पताल कैलालीमा बुधबार मृत्यु भएको आफन्तले बताएका छन् ।




