


बैतडी,
बैतडीको सुर्नया गाउँपालिकाका केहि विद्यालय सञ्चालनमा लपरवाही भएको छ । विद्यालय व्यवस्थापन समिति र शिक्षकहरुको चरम लपरवाही बढेको पाइएको हो ।
बिहिबार सुर्नया गाउँपालिकाका शिक्षा साखा प्रमुख हिमांशु भट्टको नेत्तृत्वमा गरिएको विद्यालय अनुगमनका क्रममा विद्यालय सञ्चालनमा लापरावही रहेको पाइएको हो । सुर्नया गाउँपालिका ७ मा रहेको केदार मावि कठमडामा १७ शिक्षकहरु कार्यरत रहेको भएपनि बिहिबार ११ शिक्षक अनुपस्थित रहेको पाइएको हो । यतिमात्रै होइन पढाइ समेत सञ्चालन नरगेको पाइएको छ । सबै विद्यार्थी अनुपस्थित रहेको र ११ जना शिक्षक समेत अनुपस्थित रहेको शिक्षा साखा प्रमुख भट्टले बताए । ‘सायद वर्षाको कारणले हुनुपर्छ, विद्यार्थी संख्या पनि शून्य छ, १७ जना शिक्षकमध्ये ११ जना अनुपस्थित थिए, करिब एक हप्तादेखि अनुपस्थित शिक्षकको हाजिर काटियो,’ भट्टले भने ।

अनुगमनका क्रममा अनुपस्थित रहेका शिक्षकहरुको हाजिर काटिएको छ । प्रद्यानाध्यापक धन बहादुर साउँद पनि विद्यालयमा उपस्थित रहेका थिए । तर केहिदिन देखि हाजिर नलगाएको देखिएपछि उनको समेत हाजिर काटिएको शिक्षा साखा प्रमुख भट्टले बताए ।
यसैगरी सोही वडाको भुवनेश्वर मावि पत्थरकोटमा पनि प्रद्यानाध्यापक नै अनुउपस्थित रहेको पाइएको छ । उक्त विद्यालयमा पनि हालसम्म विद्यार्थीहरुलाई पुस्तक समेत वितरण नगेको पाइएको छ । प्रद्यानाध्यापक समेत अनृपस्थित रहेको र प्रद्यानाध्यपक सहित केहि शिक्षकहरुको हाजिर काटिएको छ ।
केहि अन्य विद्यालयमा पढाइ समेत सञ्चालन भइरहेको अवस्थाका सुर्नयाका केहि विद्यालयहरुमा चरम लापरवाही देखिएको हो ।
विद्यालयमा उपस्थित नहुने शिक्षकहरुको हाजिर काटिएको उनले बताए । विद्यालयको अन्य तयारी समेत गर्न भनिएको छ । चालु शैक्षिकसत्रको कार्ययोजना लगायतका आन्तरिक तयारी समेत नभएको उनले बताए । विद्यालय व्यवस्थापन समिति र प्रद्यानाध्यापकले गम्भिरताका साथ चासो लिएर विद्यालय प्रभावकारी सञ्चालनमा ध्यान दिन निर्देशन जारी गरिएको छ ।




