Vutla
Laxmibhuwan sun chadi

सरकारमा नजाने रास्वपाको निर्णय, समर्थनसमेत फिर्ता

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारमा नजाने निर्णय गरेको छ । यस्तै हाल प्रचण्ड नेतृत्वको सरकारलाई दिँदै आएको समर्थन पनि फिर्ता लिने रास्वपाले निर्णय गरेको छ । शुक्रबार पार्टी कार्यालय बसुन्धरामा बसेको केन्द्रीय समिति बैठकले पार्टी सरकारमा सहभागी नहुने र विपक्षी बेन्चमा बस्ने निर्णय भएको एक नेताले बताए ।

जय भगवति मेलौली सुनचाँदी

रास्वपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै अब प्रधानमन्त्री प्रचण्डले फेरि विश्वासको मत लिनुपर्ने भएको छ । प्रधानमन्त्री प्रचण्डले रास्वपालाई सरकारमा ल्याउन पहल गर्दै आएपनि रास्वपाले सरकारमा नरहेर जनतामा जाने निर्णय गरेको हो।नागरिकता विवादमा मुछिएर सांसद पद गएसँगै रास्वपा सरकारबाट बाहिरिएको थियो । तर, समर्थन भने हालसम्म कायमै रहेको थियो । यस्तै उपनिर्वाचनपछि रास्वपालाई सरकारमा सहभागी गराउने बारे सत्ता गठबन्धनमा छलफल भएको थियो । रास्वपा सभापति रवि लामिछानेले पनि आफ्नो माग पुरा भएमा सरकारमा सहभागी हुन सकिने बताएका थिए ।

तर, पार्टीभित्रको तीव्र दबाबपछि अन्ततः रास्वपाले सरकारमा नजाने निर्णय गरेको नेताहरुको भनाइ छ ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page