Vutla
Laxmibhuwan sun chadi

बैतडीको दशरथचन्द नगरपालिका द्वारा श्रम स्वीकृति दिन सुरु

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी -बैतडीको दशरथचन्द नगरपालिकाले बैदेशीक रोजगारीमा जाने व्यक्तिहरुलाई श्रम स्वीकृति दिने कार्य सुरु गरेको छ । यसअघि श्रम मन्त्रालयबाट मात्रै दिइने गरेको श्रम स्वीकृति पछिल्लो समय सुदुरपश्चिमका लागि धनगढीबाट दिइने गरेको थियो ।

 

तर गत २०७९ चैत १६ गते नेपाल सरकारले यहि बैशाख १ देखी लागु हुनेगरी स्थानियतहको रोजगार शाखा मार्फत श्रम स्वीकृति दिने गरि निर्णय गरेको थियो ।

 

जय भगवति मेलौली सुनचाँदी

उक्त निर्णयका आधारमा दशरथचन्द नगरपालिकाले आज पहिलो पटक कतार जान इच्छुक दशरथचन्द नगरपालिका–६का कोमल राम महरलाई श्रम स्वीकृति प्रदान गरिएको नगरपालिकाका सुचना अधिकारी राजेन्द्र बिष्टले बताए ।

उनलाई नगरप्रमुख पुस्कर राज जोशीले श्रम स्वीकृति हस्तान्तरण गरेका हुन् ।

नगरपालिकामै श्रम स्वीकृति पाएपछि निकै सहजता महशुस गरेको बैदेशीक रोजगारीमा जान लागेका महरले बताए । उनले यसअघि श्रम स्वीकृति लिनका लागि कम्तीमा एकहप्ता लाग्ने र १०–१५ हजार रकम समेत खर्च हुनेमा अहिले सजिलै प्राप्त गरेको बताए ।

 

बैदेशीक रोजगारीलाई व्यवस्थीत र मर्यादीत बनाउन स्थाजिनयतहबाट श्रम स्वीकृति दिइनु महत्वपुर्ण पक्ष रहेको नगर प्रमुख जोशीले बताए ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page