Vutla
Laxmibhuwan sun chadi

जिल्ला अस्पताल बैतडी ९५ प्रतिशत अंकसहित देशकै उत्कृष्ट

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी -जिल्ला अस्पताल बैतडी देशकै उत्कृष्ट अस्पताल बनेको छ। स्वास्थ्य मन्त्रालयले न्यूनतम सेवा मापदण्ड कार्यान्वयन सम्बन्धमा अनुगमन तथा मूल्यांकन गर्दा ९५ प्रतिशत अंकसहित देशकै उत्कृष्ट अस्पताल बनेको हो।

 

जय भगवति मेलौली सुनचाँदी

यही वैशाख ३० र ३१ गते क्षेत्रीय स्वास्थ्य निर्देसनालय र निक साइमन इन्स्टिच्युटले जिल्ला अस्पताल बैतडीको अनुगमन तथा मूल्यांकन गरेको थियो। सो क्रममा बैतडी जिल्ला अस्पतालले केही नमुना अभ्याससहित सर्वाधिक अंक प्राप्त गरेर देशकै उत्कृष्ट अस्पताल बनेको क्षेत्रीय स्वास्थ्य निर्देशनालयका डाक्टर नीराजन श्रेष्ठले बताए।

गत वर्ष ८९ प्रतिशत अंक प्राप्त गरेको अस्पतालले यो वर्ष ६ प्रतिशत सुधार गर्दै ९५ प्रतिशत अंक प्राप्त गरेको हो। अस्पतालले प्रदान गर्ने सेवा, अस्पतालभित्रका प्राविधिक सुविधा, जनशक्ति व्यवस्थापन, भौतिक अवस्थाजस्ता सूचकका आधारमा मूल्यांकन गर्दै अंक प्रदान गरिन्छ। अस्पतालले गत वर्षदेखि नयाँ भवनबाट सेवा दिन सुरु गरेको थियो। त्यसपछि जनशक्ति र व्यवस्थापनमा मिहिनेत गर्दा देशकै उत्कृष्ट अस्पताल बनेको अस्पताल प्रमुख डाक्टर दीपेश श्रेष्ठले बताए। देशभरिका अस्पतालको अनुगनमन तथा मूल्यांकनका क्रममा अछाम अस्पताल ८७ प्रतिशत अंक ल्याएर चौथो स्थान प्राप्त गरेको छ।

जिल्ला अस्पताल बैतडीमा पछिल्लो समय विशेषज्ञ सेवा प्रदान भैरहेको छ । अहिले जिल्ला अस्पताल बैतडीमा पाँच जना विशेषज्ञ डाक्टर सहित १२ जना डाक्टरहरु कार्यरत छन् । जिल्ला अस्पतालमा अहिले हाडजोर्नी, नाककान घाँटी,एनेस्थियोलोजीष्ट, डेन्टल सर्जन,एमडीजीपी,बालरोग गरेर ५ जना जना बिशेषज्ञहरुले सेवा दिइरहेका डाक्टर श्रेष्टले बताए ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page