Vutla
Laxmibhuwan sun chadi

बैतडीको अनारखोलीमा मेडिकल कलेजको बस दुर्घटनाः ६ जना घाइते

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी-बैतडीमा नेपालगञ्ज मेडिकल कलेजको बस दुर्घटनामा परेको छ । नेपालगंजबाट दार्चुलातर्फ स्वास्थ्य शिविरका लागि आउदै गरेको भे १ क ३१८ नम्बरको कलेजको बस सोमबार राती १० बजेको समयमा दशरथचन्द राजमार्ग अन्तरगत पर्ने बैतडीको पाटन नगरपालिका ८ को अनारखोलीमा दुर्घटना भएको हो ।

 

जय भगवति मेलौली सुनचाँदी

दुर्घटनामा परी ६ जना घाइते भएका छन् । घाइते हुनेहरुमा बाँके नेपालगंज उपमहानगरपालिका १२ का ३५ वर्षीय जंग बहादुर चौधरी, सोही ठाउँका ३२ वर्षीय शिसिर खड्का, ४४ वर्षीया रिता देवकोटा, ४६ वर्षीया सावित्री पौडेल, ४८ वर्षीया सुनिता खड्का, ४० वर्षीया ललिता गुरुङ रहेका खोडपे प्रहरी चौकी इन्चार्ज, प्रहरी सहायक निरिक्षक गणेश बिकले जानकारी दिए । चालक ४६ वर्षीय सुनिल श्रेष्ठ सकुसल रहेका छन् । बसमा सवार १७ जना रहेको र अन्य यात्रु सकुसल रहेको प्रहरीले बताएको छ ।

 

दार्चुलामा पाठेघरको सल्यक्रिया शिविरको लागि नेपालगंज मेडिकल कलेजको टिम सावर रहेको बस ओरालोमा ब्रेक फेल भई सडकको भित्तामा ठोकिन गई दुर्घटनामा परेको हो ।

बसमा रहेका मेडिकल उपकरण र औषधी सामाग्रीमा पनि सामान्य क्षति पुगेको छ ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page