Vutla
Laxmibhuwan sun chadi

बैतडी कारागारमा क्षमताभन्दा तीन गुणा बढी कैदीबन्दी

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी -जिल्ला कारागार बैतडीमा क्षमताभन्दा तीन गुणा बढी कैदीबन्दी हुँदा व्यवस्थापकीय समस्या झेलिरहेको कैदीबन्दीले दुखेसो पोखेका छन।क्षमता भन्दा बढी कैदीबन्दी राखिएका कारण आफुहरुले दैनिक सास्ती खेपिरहेको र चाहेको समयमा समेत शौचालय प्रयोग गर्न समेत नपाएको एक कैदीले बताए।२५जनाको क्षमता भएको जिल्ला कारागार बैतडीमा ५६ जना कैदी र २१ जना थुनुवा गरी ७७ जना छन् ।

जय भगवति मेलौली सुनचाँदी

क्षमता भन्दा झण्डै तीन गुणा बढी कैदीबन्दी राख्दा आधारभूत मानवीय आवश्यकता समेत परिपूर्ति गर्न समस्या भएको कारागार प्रशासनले जानकाएको छ । तीन गुणा बढी कैदीबन्दी राख्नुपर्दा थुप्रै समस्या व्यहोर्नु परेको कारागार कार्यालयका जेलर धारा भण्डारीले बताइन् ।

उनले भनिन्–‘कारागारमा खानेपानी र शौचालयको मात्रै समस्या नभएर पुरानो जीर्ण भवन हुँदा बर्खायाममा चुहिने समस्या छ ,बन्दि गृह स्यानो भएका कारण महिला कैदिबन्दि लाइ डडेलधुरा पठाउनुपर्ने बाध्यता छ। प्रशासनिक भवन समेत जिर्ण भएकाले बर्खायाममा चुहिएर कामकाज गर्न समेत अप्ठ्यारो छ, कम्प्युटरको अभाव छ, क्षमताभन्दा तिनगुणा बढी कैदीबन्दी हुँदा स्वच्छ खानेपानी, शौचालय र बसाइ व्यवस्थापनमा समस्या भोग्नु परेको छ ’कारागारमा रहेका समस्या समाधानका लागि कारागार विभागमा पनि पटकपटक जानकारी गराउँदै आएको भएपनि सुनुवाइ नहुँदा समस्या समाधान हुन नसकेको उनको भनाइ छ ।

जिल्ला कारागारमा बसोबासको उचित व्यवस्था नहुँदा कैदीबन्दीले बेलाबेलामा गुनासोसमेत गर्ने गरेका छन् । विसं २०४० मा निर्माण गरिएको कारागार भवनलाई बेलाबेलामा मर्मत गरिएको भए पनि कोठा थपिएको छैन । एकातिर भवनमा कोठाको अभाव छ भने अर्कोतिर कैदीबन्दी बढ्दै जाँदा बसोबासको व्यवस्था मिलाउन गाह्रो भइरहेको उनले बताइन्।

 

 

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page