Vutla
Laxmibhuwan sun chadi

सागर ढकालले डडेल्धुरामा तिरेनन् आठ महिनादेखिको कोठाभाडा

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

डडेलधुरा -कोठाभाडा लिएर स्वतन्त्र उम्मेदवार सागर ढकालले भाडा नतिरेको पाइएको छ। ढकालले आठ महिनादेखिको भाडा तिरेका छैनन्।

डडेल्धुराको अमरगढी नगरपालिका–५ विद्युत् रोडमा कोठा भाडा लिएका ढकालले आठ महिनादेखिको भाडा नतिरेको घरधनी सीतादेवी भाटले बताइन्। कोठामा ताला लगाएर ढकाल सम्पर्कविहीन रहेको उनको भनाइ छ।

जय भगवति मेलौली सुनचाँदी

‘महिनाको तीन हजारका दरले भाडा हो। सुरुका तीन महिनाको भाडा नौ हजार दिनुभयो। असोजदेखिको आठ महिनाको बाँकी छ,’ उनले भनिन्, ‘पटक–पटक फोन सम्पर्क गर्दा नउठाउने र आजभोलि मोबाइल नै अफ गरेर बस्नुभएको छ।’

भाडा नतिरे प्रहरीकोमा निवेदन दिने तयारीमा रहेको भाटले बताइन्। ढकाल दुई महिनादेखि साउथ सुडानमा रहेको उनका भाइ जनक ढकालले जानकारी दिए।

‘उहाँहरूले कोठा छोड्ने भन्ने कुरा थियो। तर, साथीहरूले छोड्नु भएको रहेनछ,’ उनले भने, ‘म भाडाको बारेमा घरबेटीसँग कुरा गर्छु। दाइ १७/१८ दिनपछि मात्रै नेपाल फर्किनुहुन्छ।’

गतवर्ष सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा ढकाल पूर्व प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवासँग पराजित भएका थिए। देउवाले २५ हजार ५३४ मत पाउँदा स्वतन्त्र उम्मेदवार ढकालले १३ हजार ४२ मत ल्याएका थिए।# thahakhabar

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page