Vutla
Laxmibhuwan sun chadi

रेशम चौधरीलाई जन्मकैदको फैसला सर्वोच्चबाट सदर, अझै १४ वर्ष जेलमा बस्नुपर्ने

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम
जय भगवति मेलौली सुनचाँदी

काठमाडौँ । टिकापुर नरसंहारका प्रतिवादी रेशमलाल चौधरीको जन्मकैदको फैसला सर्वोच्च अदालतले समेत सदर गरेको छ । मंगलबार न्यायाधीशद्वय डा. आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको संयुक्त इजलासले जन्मकैद गर्ने उच्च अदालत दिपायलको फैसला सदर गरेको हो । सर्वोच्च अदालतको फैसलामा जन्मकैदको सजाय सुनाइएका लक्ष्मण थारु चौधरीको हकमा भने जन्मकैदको फैसला उल्टाएर ज्यान मार्ने उद्योगमा ३ वर्षको मात्रै कैद सजाय सुनाइएको छ ।त्यसैगरी प्रतिवादीमध्येका सिताराम चौधरी र गंगाराम चौधरीलाई भने सर्वोच्च अदालतले सफाई दिएको छ । उनीहरुलाई उच्च अदालत दिपायलले जन्मकैदको फैसला सुनाएको थियो । मंगलबार सर्वोच्च अदालतबाट जारी गरिएको संक्षिप्त आदेशमा तीनजनाको हकमा केही उल्टी भएपनि अन्य प्रतिवादीहरुको हकमा उच्च अदालत दिपायलकै फैसला सदर गरिएको छ ।

 

सर्वोच्च अदालतको फैसलासँगै तत्कालीन कानुनको आधारमा प्रतिवादी रेशमलाल चौधरीलाई २० वर्ष कैद सजाय हुनेछ । चौधरी २०७४ फागुन १४ गतेबाट जेलमा बसेका उनी सामान्य अवस्थामा जेलमुक्त हुन अझै १४ वर्ष जेल सजाय काट्नुपर्ने हुन्छ । चौधरी २०९४ साल फागुन १३ गतेसम्म जेलमै बस्नुपर्ने भएको छ । प्रतिवादीमध्येका लक्ष्मण थारु चौधरी हालसम्म पनि फरार भएको कारण अब उनले तीन वर्ष जेलमा बसेपछि जेलमुक्त हुन पाउनेछन् । यसअघि उनको हकमा कैलाली जिल्ला अदालतले तीन वर्षको जेल सजाय गरेको थियो भने उच्च अदालत दिपायलले जन्मकैदको फैसला सुनाएको थियो ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page