Vutla
Laxmibhuwan sun chadi

पञ्चेश्वरका स्वास्थ्य संयोजक गैरकानुनी रुपमा क्लिनिक सञ्चालन गर्दै

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी, बैतडीको पञ्चेश्वर गाउँपालिकाका स्वास्थ्य संयोजक राम सागर शाहले अवैधानिक रुपमा क्लिनिक चलाउँदै आएको पाइएको छ । यतिमात्रै होइन क्लिनिकमा गैर स्वास्थ्यकर्मीले बिरामी जाँच गर्ने देखि औषधी समेत विक्रि गर्ने गरेको पाइएको हो । स्वास्थ्य शाखा प्रमुख शाहकै श्रीमती श्यामा शाहले औषधी बिक्री गर्नेदेखि बिरामी समेत जाँच्ने गरेको पाइएको हो । उहाँ मेडिकल सञ्चालन सम्बन्धी कुनै शिक्षा हासिल नगरेकी गैर चिकित्सा व्यक्ति हुन् । तर नीति नियमको धज्जी उडाउँदै शाहले वर्षौँदेखि निजी क्लिनिक सञ्चालन गरिरहेको पाइएको हो । यतिमात्रै होइन गैर चिकित्सा व्यक्तिले बिरामी जाँच देखि औषधी बिक्री गरी जनस्वास्थ्यमाथि गम्भिर लापरवाही गरिरहेको पाइएको हो ।

 

यसअघि पनि गाउँपालिकामा उक्त क्लिनिकबारेमा छानबिनको गर्न माग गर्दै निवेदन समेत परेको थियो । त्यसबेला पनि पालिकाले गरेको छानविनमा उक्त क्लिनिक गैरकानुनीरूपमा सञ्चालन रहेको भेटिएको थियो । तर उक्त क्लिनिक सञ्चालनमै रहिरह्यो । स्वास्थ्य शाखा प्रमुख शाहले भने सिएमए सङ्घबाट अनुमति लिएर क्लिनिक सञ्चालन गरेको बताउँछन् । तर सिएमए संघ क्लिनिक सञ्चालन गर्न अनुमति दिने निकाय नै होइन ।

 

सम्बन्धित स्थानीय तहले मापदण्ड बनाएर क्लिनिक सञ्चालनको अनुमति दिने गर्दछ । त्यसमा पनि क्लिनिकमा आवश्यक पर्ने पूर्वाधार, जनशक्ति, उपकरणको उपलब्धता लगायत धेरै प्रक्रिया पुर्याएर मात्रै अनुमति पाउने स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेश प्रशाद भट्टले बताए । ‘यस विषयमा जिल्लास्तरमा पनि कुराकानी भएको छ, त्यो गैरकानुनी छ, अब आवश्यक प्रक्रिया अघि बढ्छ’ उनले भने ।

 

स्वास्थ्य शाखा प्रमुख शाहले भने स्वास्थ्य उपचारमा टेवा पुर्याउन क्लिनिक सञ्चालन गरेको बताएका छन् । ‘यहाँका बिरामीहरूका समस्यालाई मध्यनजर गर्दै क्लिनिक सञ्चालन गरेको हु, कार्यालय समयभन्दा अघिपछिको समयमा म आफै क्लिनिकमा बस्छु,’ । उनले भने ।

 

जय भगवति मेलौली सुनचाँदी

कार्यालय समयभन्दा बाहेकको समयमा आफु नै क्लिनिकमा बस्ने गरेको शाहको दाबी छ । तर उहाँकै श्रीमतीले औषधि बिक्री गरेको र बिरामीको स्वास्थ्य जाँच गरिरहेको देखिन्छ । बुधबार मात्रै एक जना सेवाग्राहीबाट दोब्बर मूल्यमा सिटामोल बिक्री गरको भिडियो नै सार्वजनिक भएको थियो ।

 

यसअघि पनि बेलाबेला म्याद नाघेका औषधी बिक्री भइरहेको आरोप समेत लाग्दै आएको उक्त क्लिनिकका विषयमा सम्बन्धित निकायले चासो नदिएको गुनासो छ ।

 

प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीको नेतृत्वमा गरिएको अनुगमनमा समेत पसल बन्द गर्न निर्देशन दिएको बताइएको छ । ‘स्वास्थ्य शाखा प्रमुखले क्लिनिक सञ्चालन गर्न पाइदैन, दोहोरो भयो, बन्द गर्नुहोला भनेका हौँ, हामिले त पहिलो पटक देखेका हौँ, त्यसैले बन्द गर्न सुझाव दिएका थियौँ,’ प्रमुख जिल्ला अधिकारी पन्थीले भने । ‘यसअघि कसैले उजुरी गरेको थिएन, त्यहाँबाट फर्किदा केही स्थानीयले फोन गरेर गैह्रकानुनी रहेको बताएका थिए, हामी बुझ्दैछौँ, आवश्यक प्रक्रियामा गएर तुरुन्तै बन्द गर्छौ’ ।

यसैगरी पञ्चेश्वर गाउँपालिकामा गरिएको बजार अनुगमनमा थुप्रै लापरवाही भएको समेत भेटिएको थियो । केही मदिरा पसलहरूमा समेत भेटेनरीको औषधी विक्रि गरिरहेको पाइएपछि जरिवानासहित कारवाही प्रक्रिया अघि बढाइएको जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ ।

अवैधानिक रुपमा सञ्चालनमा रहेका केही मदिरा पसलहरूलाई समेत जरिवानासहित कारवाही गरिएको थियो

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page