Vutla
Laxmibhuwan sun chadi

गोकुलेश्वर बजार र आसपासका क्षेत्रमा फोन र इन्टरनेट सेवा अनियमीत

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी-दाुर्चुला जिल्लाको दोश्रो ठुलो सहरका रुपमा रहेको गोकुलेश्वरमा फोन सेवा र इन्टरनेट सेवा अनियमीत भएको छ ।

 

शैल्यसिखर नगरपालिका–९मा रहेको नेपाल टेलिकमको टारवमा विद्युतीय उपकरणको अभावका कारण बैतडी र दार्चुलाका सेवाग्राही सञ्चारबिहिन हुन पुगेका छन् ।

 

जय भगवति मेलौली सुनचाँदी

नेपाल टेलिकमको टावर विद्युत सेवा नियमीत भएपछि सुचारु हुने र विद्युत जाने वित्तिक्कै अवरुद्ध हुने गरेको छ । टावरमा विद्युत बेकअप नभएको स्थानियबासी बताउछन् ।

 

जसका कारण यस क्षेत्रमा रहेका नगरपालिका तथा सरकारी÷गैर सरकारी कार्यालयहरु, डिग्री कलेज, कृषि विज्ञान कलेज र विद्यालयहरु, बैंक तथा वित्तिय संस्थाहरु तथा सञ्चारमाध्यमहरु बढी प्रभावीत हुने गरेका छन् ।

 

विद्युत सेवा अवरुद्ध हुने वित्तिक्कै फोन लाईन र इन्टरनेट लाईन अवरुद्ध हुने गरेको डिलाशैनी गाउँपालिका–६का स्थानिय बिरेन्द्र नाथले बताए ।

 

उनले भने,‘दार्चुला र बैतडीका हजारौँ सेवाग्राहीले प्रयोग गर्ने फोन तथा इन्टरनेट सेवा एउटा टावरमा जेनेरेटर अथवा रिचार्जेवल ब्याट्री नहुदाँ यस्तो समस्या भोग्नु परेको हो । टेलिकमले चाहेमा कम लगानीमै उक्त व्यवस्था गर्न सकिन्थ्यो होला तर टेलिकमको ध्यान गएको छैन् ।’

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page