Vutlaxapu
Laxmibhuwan sun chadi

बैतडीको खोडपे बजारमा हावाहुरीले पाँचवटा घरको छानो उडायो

Betaleswar sun
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी,बैतडीको पाटन नगरपालिका– ८मा गएरातीको हावाहुरीले झण्डै आधा दर्जन घरहरुमा क्षती पु¥याएको छ । खोडपे बजारमा रहेको धन बहादुर कुवँर, डम्बर सिंह बिष्ट र केशव भट्टले सञ्चालन गर्दै आएको पसलको छानो उडाएर पूर्ण क्षती पु¥याएको छ ।

 

जय भगवति मेलौली सुनचाँदी

त्यसैगरी खोडपे बजारमै रहेको गगन सिंह महराले सञ्चालन गरीरहेको पसलमा पनि हावाहुरीले क्षती प¥याएको छ ।

 

त्यसैगरी सोही वडाको आरुबाटामा पनि पदम सिंह बिष्टको पसलमा पनि हावाहुरीले पूर्ण क्षती पु¥याएको र सरसामानमा पनि क्षति पुगेको वडा अध्यक्ष हरिश बिष्टले जानकारी दिए । यसैगरी सोही वडाको तिम्ले टोलमा पनि चट्याङले क्षति पुर्याएको छ । तिम्ले टोलका कैलाश ऐरको घर नजिकैको लगेको चट्याङले बाख्रो मरेको छ भने खानेपानीको संरचनामा पनि क्षति पुगेको वडा अध्यक्ष बिष्टले बताएका छन् । क्षतिको विवरण संकलन भइरहेको वडा अध्यक्ष बिष्टले बताए ।

 

गएराती आएको भिषण हावाहुरीले जिल्लाका बिभिन्न ठाउँहरुमा क्षती पु¥याएको अपुष्ट खबरहरु आइरहेका छन् ।

नागार्जुन मौरीपालन उधोग
Ruparoshan kirana
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page