Vutla
Laxmibhuwan sun chadi

पत्रकार राजेन्द्र नाथ र ऐश्वर्या कुँवरलाई पक्राउ गर्ने प्रहरी कार्बाहीमा

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

कञ्चनपुर- पत्रकारद्वय राजेन्द्र नाथ र ऐश्वर्या कुँवरलाई बिना कारण पक्राउ गर्ने प्रहरीलाई विभागिय कार्बाही गरिएको छ । जेठ २ मा भीमदत्त नगरपालिका ५ सुकासालमा प्रहरी र क्यारिङकर्ताविच भएको झडपको समाचार संकलन गर्न घटना स्थलमा समाचार संकलन गर्न पुगेका पत्रकारद्वय नाथ र कुँवरलाई बिना कारण पक्राउ गर्ने प्रहरीलाई विभागिय कार्बाही गरिएको हो ।

 

जय भगवति मेलौली सुनचाँदी

नेपाल पत्रकार महासंघ शाखा कञ्चनपुर, सुप प्रदेश, केन्द्रीय समिति र विभिन्न पत्रकार संघ संगठनहरुले कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपाल प्रशाद अर्याललाई डेलिगेशन दिदै बिना कारण पत्रकारलाई पक्राउ गर्ने प्रहरीलाई कानुनी कार्बाहीको माग गरिएको थियो ।प्रमुख जिल्ला अधिकारीको निर्देशनमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले पत्रकारद्वय नाथ र कुँवरलाई पक्राउ गर्ने हतकडी लगाउने, हिरासत राख्ने कार्यमा संलग्न प्रहरीमाथि कार्बाहीका लागि निर्देशन दिईएको थियो ।

 

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका अनुसार पत्रकारद्वय नाथ र कुँवरलाई पक्राउ गर्ने प्रहरी निरीक्षक बिनु शाही, अर्का प्रहरी निरीक्षक सिताराम विष्ट, घटना स्थलमा रहेका प्रहरी निरक्षक प्रकास भण्डारी र प्रहरी सहायक निरीक्षक अमर सिहलाई कार्बाही गरिएको छ। कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपाल प्रशाद अर्यालले पत्रकारलाई बिना कारण पक्राउ गर्ने प्रहरीलाई सचेत गराईएको बताए । ‘यो एक प्रकारको समान्य कार्बाही हो, ‘प्रजिअ अर्यालले भने, ‘यस्ता गल्ती पटक पटक नदोहो¥याउन सचेत गराईयो ।’

 

पत्रकारलाई बिना कारण पक्राउ गर्ने प्रहरी अधिकृतलाई कार्बाही गरे नगरेको बारे सोमबारै नेपाल पत्रकार महासंघ शाखा कञ्चनपुरका अध्यक्ष माधव सिह धामी नेतृत्वमा गएको टोलीले प्रमुख जिल्ला अधिकारी गोपाल प्रशाद अर्याललाई लिखितै माग गरिएको थियो । महासंघले लिखितै माग गरेपछि सुकासालमा खटिएका प्रहरी कर्मचारीबाट पत्रकारसंग अप्रिय व्यवहार भएको विषयमा आवश्यक छानबिन गरी प्रहरी कर्मचभारीलाई विभागिय कार्बाही बारे जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख कमल थापाबाट जानकारी हुन आएको विषय संख्या तोकेर जानकारी गराईएको छ# state7online.com

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page