



धनगढीः सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्ष २०७९/०८० का लागि ३६ अर्ब ७४ करोडको बजेट कार्यान्वयन गर्दैछ। प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि चालुतर्फ १२ अर्ब २९ करोड ५९ लाख ८४ हजार तथा पूँजीगततर्फ २४ अर्ब १४ करोड ४७ लाख ६१ हजार विनियोजन गरेको थियो।
तर, संघ सरकारले दिनुपर्ने समानीकरण अनुदानको एक अर्ब १२ करोड रोकिएको छ। चार अर्ब ४८ करोड ४८ करोड रुपैयाँ राजश्व तथा बचत अन्तर्गतको बजेट समेत संघ सरकारले रोकेको छ। संघ सरकारले चालु आर्थिक वर्षमा पाँच अर्ब ६० करोड बजेट रोकेको सुदूरपश्चिमका आर्थिक मामिला मन्त्री नरेशकुमार शाहीले बताए। उनले भने, ‘संघ सरकार आफ्नो प्रतिबद्धताबाट पछाडि गएको छ। समानीकरण अनुदानको ५० प्रतिशत राकेको छ। समग्रमा प्रदेश सरकारलाई यो वर्ष पाँच अर्ब ६० करोड भुक्तानीमा समस्या हुने देखिन्छ। खर्च शिर्षकलाई हेर्दा सुदूरपश्चिम प्रदेश सरकारलाई चालु आर्थिक वर्षको भुक्तानीमा समेत असन्तुलन देखिएको छ। प्रदेश सरकारलाई पाँच अर्ब ६० करोड रुपैयाँ खर्चको जोहो गर्न समस्या देखिएको हो। जसले गर्दा आगामी आर्थिक वर्षको बजेट पनि प्रभावित हुने भएको छ। प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८०/०८१ मा समानीकरण अनुदानको ५० प्रतिशत बजेट घट्ने देखिएको छ।# dinesh khabar




