Vutla
Laxmibhuwan sun chadi

सुनको जलहरी निर्माणमा कुनै गडबडी नभएको कार्यकारी निर्देशकको भनाइ

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

काठमाडौं : पशुपतिनाथमा सुनको जलहरी राखिएको विषयलाई लिएर भएको बहस आरोप प्रत्यारोपमा पुगेको छ। सुनको जलहरीको विषय संसदमै उठेपछि शुक्रबार बैठक अवरुद्ध भयो तर सुनको जलहरीको सन्दर्भमा तथ्य एउटा र बहस अर्कै भएको देखिएको छ।

 

 

शनिबारको गोरखापत्र दैनिकमा समाचार छ, सुनको जलहरीको सन्दर्भमा आएका सूचना तथ्यभन्दा फरक भएको देखिएको छ। सुनको जलहरी बनाएर मुचुल्का उठाउने क्रममा भएको परिमाणात्मक त्रुटिका कारण यो विषय विवादित बनेको हो।

 

पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडाले १०८ किलोग्राम सुनको जलहरी निर्माणका क्रममा कुनै गडबडी नभएको बताए। ‘२४ सै घण्टा नेपाली सेनाको टोलीको निगरानीमा जलहरी बनाइएको हो। नेपाल राष्ट्र बैंकबाट सुन खरिददेखि जलहरी मन्दिरमा लगेर प्राणप्रतिष्ठा गरुञ्जेल सेनाको टोलीले एकछिन पनि छोडेको छैन, अनि कसरी सुन हराएको हल्ला गरिँदै छ?’

 

जय भगवति मेलौली सुनचाँदी

नेपाली सेनाका सूचना अधिकारी एवं सहायक रथी कृष्णप्रसाद भण्डारीले अन्य निकायजस्तै नेपाली सेनाको टोली पनि जलहरी बनाउँदा खटिएको बताए। ‘सेनाको टोली राष्ट्र बैंकबाट सुन किनेर निर्माण सम्पन्न हुँदासम्म खटिएको हो। अरू विषय चाहिँ बुझ्नैपर्छ’, उनले भने।

 

२०७७ माघ १२ गते तत्कालीन प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पशुपतिनाथको दर्शन गर्न गएका थिए। कोषले राखेको आगन्तुक पुस्तिकामा उनले ‘आज श्रीपशुपतिनाथको दर्शन गर्ने सुअवसर मिल्यो। स्वर्ण जलहरी बनाउने यहाँको समितिको इच्छा पूरा गर्न अपुग हुने रकम ३० करोड नेपाल सरकारका तर्फबाट तत्काल दिइने छ। आगामी महाशिवरात्रिसम्ममा सो जलहरी निर्माण भइसक्ने छ भन्ने विश्वास लिएको छु’ लेखेका छन्।

 

त्यसको दुई दिनपछि माघ १४ गते कोषका अध्यक्षसमेत रहेका तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालको अध्यक्षतामा कोषको सञ्चालक परिषद्को बैठक बसेको थियो। डा. खतिवडाका अनुसार उक्त बैठकले जलहरी निर्माणका लागि लाग्ने अनुमानित ८० करोडमध्ये ३० करोड रुपैयाँ सरकारले व्यहोर्ने र बाँकी ५० करोड रुपैयाँ कोषले उपलब्ध गराउने गरी महाशिवरात्रिअगावै सुनको जलहरी निर्माण गर्ने निर्णय भएको थियो।

 

खतिवडाका अनुसार जलहरी निर्माणका क्रममा परिषद् सदस्य, कर्मचारी, भण्डारी र सुरक्षा निकायका प्रतिनिधिको रेखदेखमा मुचुल्का तयार गरिएको थियो। ‘मुचुल्काबमोजिम ९६ किलो ८२२ ग्राम सुनको जलहरी बनाएर चाँदीको जलहरीमाथि राखिएको र बाँकी रहेको १० किलो ९७६ ग्राम सुनमध्ये जलहरीको माथिल्लो भाग सुरक्षाका लागि रिङ, पेटी तथा सुनका किला बनाइएको छ। बाँकी रहेका टुक्राटाक्री सुन सेफमा राखिएको छ’, उनले भने।#thahakhabar

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page