


बैतडी -जिल्ला कबड्डी संघ बैतडीको अध्यक्षमा दिपेन्द्र भण्डारी चयन भएका छन् । जिल्ला खेलकुद विकास समितिको हलमा भएको भेलाले भण्डारीको अध्यक्षतामा संघको जिल्ला कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।

संघको उपाध्यक्षमा लक्ष्मणदत्त भट्ट, सचिवमा विरेन्द्रराज पाण्डेय र कोषाध्यक्षमा कृष्णदत्त अवस्थी चयन भएका छन् । यस्तै संघको सदस्यमा तेजराज पाण्डेय, दिनेश भट्ट, विजय राना र निर्मला चन्द चयन भएका छन् ।
यस्तै संघको जिल्ला कार्यसमितिको पहिलो बैठकले उपाध्यक्षमा मनिषसिंह खत्री, सदस्यमा जगदीश चन्द र तर्कराज भट्टलाई मनोनित गरेको छ ।




