


बैतडी -प्रेस चौतारी नेपाल जिल्ला शाखा बैतडीले आफ्नो कार्यालय स्थापना गरेको छ । आइतबार जिल्लाको दशरथचन्द नगरपालिका–४ गढीमा कार्यालय स्थापना गरेको हो ।

कार्यालयको प्रेस चौतारीका केन्द्रीय कमिटी सदस्य एंव जिल्ला इन्चार्ज लोकेश साउदले उद्घाटन गरेका हुन् ।
संगठनका जिल्ला अध्यक्ष सीपी लोहियाको अध्यक्षतामा बैठक बसी कार्यालय स्थापना गर्ने निर्णय गरेको थियो । बैठकले जिल्ला साधारणसभा आयोजना गर्ने देखी संगठनका नियमीत गतिविधिहरु संचालनका बिषयमा निर्णयहरु गरेको छ ।




