


बैतडी -जिल्ला कारागार बैतडीमा रहेका एक जना कैदीको बन्दीको बाँकी मिनाहा गरिएको छ ।

गणतन्त्र दिवसको अवसरमा कर्तव्य ज्यान मुद्दामा १० वर्ष ६ महिना कैद फैसला भएका जिल्लाको सुर्नया गाउँपालिका –४ का देवेन्द्र कुवँरको बाँकी सजाय माफी मिनाहा भएको कारागार बैतडीका प्रमुख धारा भण्डारीले जानकारी दिइन् ।
५० प्रतिशत कैद सजाय भुक्तान गरिसकेका असल चालचलनका आधारमा उनको बाँकी कैदी मिनाहा भएको हो ।मन्त्रिपरिषद्को यही जेठ १२ र १४ गतेको बैठकमा सिफारिस अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा २७६ र मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५९ बमोजिम १७ जना कैदी सजाय भुक्तान गरिरहेका व्यक्तिहरूको बाँकी कैद सजाय मिनाहा गरेका हुन् ।




