


बैतडी -भारतसँग सिमाना जोडिएको बैतडीको झुलाघाट नाकामा मोटरेबल पूल निर्माण गरिने भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले घोषणा गरेका छन् । भारत भ्रमणमा रहेका नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग हैदराबाद हाउसमा भएको भेटपछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा झुलाघाटमा मोटरेबल पूल निर्माण गरिने भारतीय प्रधानमन्त्री मोदीले घोषणा गरेका हुन् ।

नेपालको सुदूरपश्चिम क्षेत्रबाट कनेक्टीभिटीलाई बढावा दिन डडेल्धुराको शिर्ष र झुलाघाटमा मोटरेबल पूल निर्माण गरिने मोदीले उद्घोस गरेका हुन् ।
बैतडीसँग सिमाना जोडिएको झुलाघाटमा मोटरेबल पूल निर्माण गर्न सके यस क्षेत्रको आर्थिक तथा भौतिक विकासमा महत्वपूण टेवा पुग्ने विश्वास गरिएको छ ।




