



दार्चुला । दार्चुलाको मालिकार्जुन गांउ पालिकाम एक वडा अध्यक्ष जबरजस्तीकरणी आरोपमा पक्राऊ परेका छन्। मालिकार्जुन गाउँपालिका–३ का वडाध्यक्ष मदनसिंह धामी गाउँकै एक महिलालाई जबरजस्तीकरणी गरेको आरोपमा पक्राउ परेका हुन् ।
गत माघ २० गते महिलालाई जबरजस्तीकरणी गरी वडा अध्यक्ष धामी फरार भएका थिए । पीडित महिलाले गएको फागुन ५ गते जिल्ला प्रहरी कार्यालय दार्चुलामा जाहेरी दिनुभएको थियो । सोही जाहेरीका आधारमा वडा अध्यक्ष धामीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता प्रहरी निरीक्षक जगत गाहा मगरले जानकारी दिनुभयो। आरोपित वडा माथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।




