Vutlaxapu
Laxmibhuwan sun chadi

ब्याँस गाउँपालिकाको २०औँ बैठक तिङ्करमा बस्ने

Betaleswar sun
न्यु मालिकार्जुन सुनचांदी
के बि बम

बैतडी -प्रकाश भट्ट, दार्चुलाको ब्यासँ गाउँपालिकाको २० औ बैठक जिल्लाको त्रिदेशीय नाका तिङ्करमा आयोजना गरिने भएको छ। तिङ्कर ताक्लाकोट नाका तत्काल खोल्न र तिङ्करमा सडक छिटो खुलाउन राज्यको ध्यानाकर्षण उदेश्यले बैठक आयोजना गर्न लागिएको ब्यासँ गाउँपालिका अध्यक्ष मंगल सिंह धामिले बताए।

जय भगवति मेलौली सुनचाँदी

धामिले चिनियाँ पक्ष तिङ्करमा नाका खोल्नका लागि सकारात्मक रहेको भएपनि नेपाल सरकार यस विषयमा संवेदनशील नरहेको आरोप लगाए। धामिले भने, “कैलाश पर्वत हिन्दूको महत्वपूर्ण तीर्थस्थल हो, जहाँ प्रत्येक वर्ष पाँचलाख भक्तालुले दर्शन गर्छन्, अर्कोतर्फ आफ्नै गाउँबस्तीमा जान पनि भारतीय बाटोको प्रयोग गर्नुपर्ने बाध्यताको अन्त्य हुन्छ, ताकलाकोट नाका खोल्न सरकारलाई पटकपटक आग्रह गर्दा समेत कुनै चासो नदिएकोले दबाब स्वरुप सिङ्गो गाउँपालिको टिमले तिङ्करमा बैठकको आयोजना गर्ने निर्णय गरेको बताए।

गाउँपालिका अध्यक्ष मँगलसिंह धामी, प्रमुख प्रशासकीय अधिकृत, महेश बहादुर बम सहित कार्यपालिका सदस्य,लगायत वडा अध्यक्ष, जिल्ला न्यायाधीश रजिस्ट्रार सहितको सहभागितामा बैठक सम्पन्न हुनेछ। बैठक जेठ २६ अर्थात् भोलि बस्ने छ।

नागार्जुन मौरीपालन उधोग
Ruparoshan kirana
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page