



बैतडी-बैतडीको मेलौलीमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ। प्रहरीका अनुसार जिल्लाको मेलौली गाउँपालिका वडा नम्बर ३ का ३८ वर्षिय देव बहादुर चन्दकोे भिरबाट लडेर मृत्यु भएको हो ।
काम गरेर घरतिर फर्किरहेका बेला वडाकै भिटा भिरबाट लडेर चन्दको शुक्रबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए ।




