Vutla
Laxmibhuwan sun chadi

प्रदेशसभा सदस्यलाई ९६ करोड बाँड्ने गरी बजेट ल्याउने गृहकार्य गर्दै सुदूरपश्चिम सरकार

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम
जय भगवति मेलौली सुनचाँदी

बैतडी -संघीय सरकारको सिको गर्दै सुदूरपश्चिम सरकार पनि सांसदहरुलाई अलग्गै योजनासहित बजेट ल्याउने तयारीमा जुटेको छ । निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको नाममा सांसदहरुलाई बजेट उपलब्ध गराउने तयारीमा प्रदेश सरकार जुटेको हो । कार्यक्रम अन्तर्गत प्रत्यक्ष निर्वाचित सांसदलाई जनही ३ करोड बजेट दिने तयारी गरिएको सत्तारुढ दल नेपाली कांग्रेसका सांसद गीता चौधरीले रातोपाटीलाई जानकारी दिइन् ।उनले भनिन्, ‘कार्यक्रम नराम्रो होइन, निर्वाचन क्षेत्रको विकासको लागि हो । विगतमा पनि यो कार्यक्रमले निरन्तरता पाएको हो । तर निर्वाचनको मुखमा पुगेपछि अघिल्लो सरकारले यो कार्यक्रमलाई निन्तरता नदिएको हो ।’ उनका अनुसार निर्वाचित सांसदलाई ३ करोड दिन लागेको हो ।

तर यसको औपचारिक निर्णय भने हुन बाँकी रहेको उनको भनाइ थियो । विगतकै निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमकै कार्यविधि अनुसार कार्यक्रम सञ्चालन गरिने सो कार्यक्रममा समानुपातिक सांसदहरुलाई पनि समेट्ने प्रयास गरिने जनाइएको छ ।सम्बन्धित निर्वाचन क्षेत्रबाट प्रत्यक्ष र समानुपातिक सांसद निर्वाचित भएको अवस्थामा प्रत्यक्ष निर्वाचित सांसदलाई सो कार्यक्रमको ६० र समानुपातिक सांसदलाई ४० प्रतिशत बजेट दिइने बताइएको छ । तर समानुपातिक सांसद नरहेको निर्वाचन क्षेत्रमा प्रत्यक्ष निर्वाचित सांसदकै मातहतमा बजेट खर्च हुनेछ । सत्तारुढ दल नेकपा माओवादीका सांसद अक्कल रावलले पनि निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमसहित बजेट ल्याउने तयारी गरिएको पुष्टि गरे।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page