


बैतडी -बैतडीको सुर्नया गाउँपालिकामा मुक्त हलिया उद्यमीहरुलाई बाख्रा बितरण गरिएको छ । गाउँपालिका भित्र रहेका एकल महिला तथा विपन्न मुक्त हलियाहरुलाई बाख्रा बितरण गरिएको हो । गाउँपालिकाको ५ लाख रकम र राष्ट्रिय मुक्त हलिया समाज महासंघको ५ गरि १० लाख रकममा खरिद गरिएका बाख्रा बितरण गरिएको दलित अगुवा जयराम लोहारले बताए ।

प्रत्येक वडाबाट ६ जना छनोट गरेर बाख्रा बितरण गरिएको उनले बताए । विपन्न परिवारलाई छनोट गरि वडाको सिफारिसमा बाख्रा वितरण गरिएको लोहारको भनाई छ ।
बाख्रा बितरण कार्यक्रममा गाउँपालिका अध्यक्ष अमर कुवर महासंघका पुर्व केन्द्रीय अध्यक्ष राजुराम भूल लगायतका व्यक्तिहरुको सहभागीता थियो ।




