


बैतडी- सडक दुर्घटनामा परि घाइते भएका बैतडीको पाटन नगरपालिका- ८ का वडाअध्यक्ष हरिश बिष्टले ठूला दुर्घटनामा परि घाइते भएका व्यक्तिहरूको उद्धारका लागि सुदूरपश्चिमका पहाडी जिल्लामा चौबीसै घण्टा हेलिकप्टर स्ट्यान्डबाई राख्न अनुरोध गरेका छन् ।

तीनै तहका सरकारलाई बिष्टले गरिब तथा आर्थिक अवस्था कमजोर भएका व्यक्ति तथा ठूला दुर्घटनामा परेका व्यक्तिहरूलाई उपचार सेवा दिन चौबीसै घण्टा हेलिकप्टर स्ट्यान्डबाई राख्ने सुदूरपश्चिम विश्वविद्यालय सञ्चालन गर्न आग्रह गरेका छन् ।
जेठ २९ गते पाटनबाट खोडपे तर्फ आउने क्रममा वडाअध्यक्ष बिष्ट सवार से १ ब १२९ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट गैरहेको सुपप्र ०१ ००१ च २६६९ नं जिपले दशरथचन्द राजमार्गमा पर्ने पाटन नगरपालिका ६ स्थित हिरापुर नजिकै ठक्कर दिदा उनीसहित मोटरसाइकलमा सवारमा वडा नम्बर ९ का वडासचिव रामदत्त जोशी घाईते भएका थिए । सचिव जोशी डिस्चार्ज भैसकेका छन् भने बिष्टको बि एण्ड बि अस्पताल ललितपुर काठमाण्डौमा उपचार भइरहेको छ।




