



बैतडी -कैलालीका प्रमुख जिल्ला अधिकारी युवराज कटेल सवार गाडी दुर्घटनामा परेको छ। जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीका अनुसार उनी सवार से १ झ २६० नम्बरको गाडी दुर्घटनामा परेको हो।
गत बिहिवार सुर्खेत र नेपालकञ्जको सीमा क्षेत्रमा कैलालीका सिडिओ सवार गाडी दुर्घटना भएको छ। उनी जिल्ला प्रशासन कार्यालय सुर्खेतले आयोजना गरेको अन्तर जिल्ला सुरक्षा सम्मेलनमा सहभाग हुन बुधवार सुर्खेत गएका थिए।




