Vutlaxapu
Laxmibhuwan sun chadi

७५ हजार बाख्राहरुमा बैतडिमा पीपीआर भ्याक्सिन लगाइदै

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडि:माघ १५ गते
बैतडीमा बाख्राहरुलाई पीपीआर भ्याक्सिन लगाउन शुरु गरिएको छ । जिल्लाका १० वटै पालिकामा ७५ हजार बाख्राहरुलाई भ्याक्सिन लगाउने कार्यक्रम रहेको भेटेनरी अस्पताल तथा पशुसेवा बिज्ञकेन्द्र पाटनले जनाएको छ ।

जय भगवति मेलौली सुनचाँदी

पीपीआर रोग लाग्न नदिन पीपीआर भ्याक्सीन लगाउन शुरु गरिएको भेटेनरी अस्पताल तथा पशुसेवा बिज्ञकेन्द्र पाटनका प्रमुख गुमानीदत्त पन्तले जानकारी दिए । राष्ट्रिय कार्यक्रम अन्तरगत नै बैतडी पनि खोप शुरु भएको उहाले बताए ।

गतवर्ष लगाएका बाख्राहरुमा यस वर्ष लगाइने छैन । निश्चित राजमार्ग आसपासका किसानहरुले पालेका बाख्राहरुमा खोप लगाइने भेटेनरी अस्पतालले जनाएको छ। भेडाबाख्राहरुमा भाइरसको रुपमा पीपीआर रोग लाग्ने गर्दछ ।

भेडा तथा बाख्राहरुमा पीपीआर रोग लागे पखाला हुने, सिगान बग्ने लगायतका लक्षण हुन्छन् । यो रोग लागेमा भेडाबाख्राहरु मर्ने सम्भावना बढी हुने गरेको पशुचिकित्सकहरुले बताएका छन् ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page