Vutla
Laxmibhuwan sun chadi

कारवाहीको डरले अन्तिममा उपमेयर चन्दले क्षमा मागिन्

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी -बैतडीको दशरथचन्द नगरपालिकाकी उप–प्रमुख कौशिला चन्दले सार्वजनिक कार्यक्रमममा दिएको अभिव्यक्तिको व्यापक विरोध भएपछी अन्ततः उनले क्षमा मागेकी छन् ।

 

२१ जेठमा आयोजीत जातिय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवसमा उनले दिएको अभिव्यक्तिको चौतर्फी विरोध भएपछी उनले माफी मागेकी हुन् ।

 

बुधबार एक प्रेस विज्ञप्ती जारी गर्दै चन्दले आफ्नो बोली र व्यवहारका बिषयमा गल्ती स्वीकार गरेको देखिन्छ ।

 

जय भगवति मेलौली सुनचाँदी

उनले जारी गरेको प्रेस विज्ञप्तीमा लेखेकी छन्,‘यदि मेरो भनाई र व्यवहारमा कहि कतै जातीय विभेद गर्ने आशयको जस्तो महशूस भएको भए यहाँहरुको भावनाको उच्च सम्मान गर्दै नगर उप–प्रमुखका रुपमा क्षमा चाहन्छु ।’

 

यसअघि ३२जेठमा उनले नै जारी गरेको विज्ञप्तीमा आफ्नो गल्ती नभएको बताएकी थिइन् । उक्त विज्ञप्तीमा आफुलाई बदनाम गर्न खोजिएको बताएकी थिइन् । पहिला राजनितिक प्रतिसोधका आधारमा आफ्नो बदनाम गर्न खोजिएको बताएकी चन्दले अहिले भने कारवाहीको डरले क्षमा मागेको देखिन्छ ।

 

चन्दले सार्वजनिक रुपमा दिएको अभिव्यक्ति गलत भएको भन्दै सामाजिक सञ्जालमा व्यापक विरोध भएको थियो । उक्त बिषयलाई लिएर राष्ट्रिय दलित आयोगले समेत विज्ञप्ती जारी गर्दै चन्दलाई कारवाहीको माग सहित सरकारको ध्यानाकर्षण गराएको थियो । जिल्ला स्थीत अधिकारकर्मी, नागरिक अगुवा, दलित भातृ संगठनहरुले समेत कानुनी प्रकृयामा जाने बताउदैँ आएका थिए ।

 

उप–प्रमुख चन्दले दिवसका दिन आयोजना गरिएको अन्तरक्रियामा जातीय विभेदलाई प्रश्रय दिने हिसावले अभिव्यक्ति दिएकी थिइन् । उनको प्रस्तुतिमा दम्भ र विभेद प्रस्टै झल्कीएको नागरीक अगुवाहरु बताउछन् ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page