


बैतडी- प्रकाश भट्ट ,बैतडीको दोगडाकेदार गाउँपालिकाले आगामी आर्थिक वर्षको लागि ५१ करोड ४४ लाख ४० हजार बजेट ल्याएको छ । आज गाउँपालिकाले आगामी आर्थिक वर्षको निति तथा कार्यक्रम प्रस्तुत गर्दै उपाध्यक्ष पार्वती ऐरि कार्किले ५१ करोड ४४ लाख ४० हजार बजेट सार्बजनिक गर्नु भएको हो ।
पूर्वाधार, स्वास्थ्य, शिक्षा, खेलकुद, पर्यटन,कृषि तथा पशुपालन, साथै उर्जा क्षेत्रलाई प्राथमिकतामा राख्दै निति तथा कार्यक्रम पनि पेश गरिएको छ ।
दोगडाकेदार गाउँपालिकाले पुर्वाधारतर्फ गाउँपालिका गौरबका आयोजनाहरुलाइ उच्च प्रार्थमिकता दिदै एक वडा एक चक्रपथ सडकमा जोड दिएको छ। यस्तै कृषितथा पशुपालन तर्फ कृषि क्षेत्रलाई उत्पादनको प्रमुख क्षेत्रको रुपमा विकास गर्दै अध्यक्ष नमुना कृषिगाँउ कार्यक्रम सञ्चालन गरिने भएको छ।यस्तै एक टोल एक उत्पादनमा जोड दिदै उत्पादनमा आधारित अनुदान कार्यक्रम सञ्चालन गरिने,२० वटा भन्दामाथि बाख्रापालन गर्ने कृषक ५ वटा भन्दामाथि गाइभैसि ३०० भन्दा माथि कुखुरा पालन साथै २ रोपनि भन्दा माथिको जमिनमा ब्यबसायिक तरकारीखेती गर्ने कृषकलाइ पुरुस्कार तथा अनुदानको व्यवस्था गरिने निति तथा कार्यक्रममा समावेश गरिएको छ।


यस्तै पर्यटन तर्फ धार्मिक पर्यटकीय सम्भावना बोकेका मठमन्दिर, धार्मिक स्थलहरुको संरक्षण र सम्बर्धन गर्दै वडा नं १ को महांरुद्र मन्दिर,२ को चनैराज तथा रौलाकेदार, वडा नं ३ को केदारमन्दिर वडा नं ५ को दोगडाधाम,वडा नं ६ को केदार मन्दिर, वडा नं ७को भुमिराज मन्दिर वडा नं ८ को मौलिङ्ग मन्दिर लगायतका मन्दिरहरुमा बिशिष्ट कार्यक्रम सञ्चालनगरि धार्मिक पर्यटनबर्ष मनाउने निति तथा कार्यक्रममा समावेश गरिएको छ।
यस्तै शिक्षातथा खेलकुदतर्फ पालिका भित्रका सबै सामुदायिक विद्यालयहरुलाइ पहेलो रंगले रंङ्गयाउने साथै दोगडाकेदार ७ मा रहेको लबलेक खेलमैदानलाइ पालिका स्तरिय खेलमैदानको रुपमा विकास गरिने निति लिएको छ। स्वास्थ्य तर्फ बृद तथा अपाङ्गता भएका ब्यक्तिहरुको लागि निशुल्क स्वास्थ्य परिक्षण कार्यक्रमलाइ निरन्तरता दिने निति लिएको छ।

पालिकाले स्थानिय कला संस्कृति सम्बर्धनका लागि बिशेष कार्यक्रम सञ्चालन गर्ने साथै दोगडाकेदारको सामाजिक ऐतिहासिक तथा संस्कृति झल्किने गरी सङ्ग्रहालय स्थापना गर्न पहल गर्ने निति तथा कार्यक्रममा समावेश गरिएको छ। यस्तै बैकल्पिक उर्जा प्रवर्धन केन्द्र तथा प्रदेश सरकारसँग समन्वय गरि सडकबत्ती बिस्तार गर्दै प्रतेक वडाहरुमा सन्चालन गरिने भएको छ। साथै पालिकाले बन तथा भू-संरक्षण, जलाधार संरक्षण,बिपद ब्यबस्थापनका क्षेत्रमा विशेष निति लिएको छ। यस्तै गरिब असहाय अपाङ्गताभएका ब्यक्तिहरुका लागि निशुल्क एम्बुलेन्स सेवा सन्चालन गरिने निति तथा कार्यक्रममा समावेश गरिएको छ।




