


बैतडी -बैतडीको दशरथचन्द नगरपालिले आगामी आर्थिक वर्षको लागि ८२ करोड बजेट ल्याएको छ । आज नगरपालिकाले आगामी आर्थिक वर्षको निति तथा कार्यक्रम प्रस्तुत गर्दै उपप्रमुख कौसिला चन्दले ८२ करोड १७ लाख ३८ हजार बजेट सार्बजनिक गर्नु भएको हो ।
पूर्वाधार, स्वास्थ्य, शिक्षा, कृषिको क्षेत्रलाई प्राथमिकतामा राख्दै निति तथा कार्यक्रम पनि पेश गरिएको छ ।

दशरथचन्द नगरपालिकाले वडा नं २को देहिमाण्डौ र वडा नं ९को डसानीमा २४सै घण्टा स्वास्थ्य सेवा सूचारु गर्ने नीति तथा कार्यक्रममा समावेस गरिएको छ ।
नगरपालिका क्षेत्रभित्र रहेका सब विद्यालयको पेन्ट एउटौ कलरको लगाउने सरकारको नीति कार्यन्वयन गर्नै पनि नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।
कृषि क्षेत्रतर्फ पनि फलफूल तथा तरकारी पकेट क्षेत्र निर्धारण गर्ने उल्लेख गरिएको छ ।




