



बैतडी -बैतडीको शिवनाथ गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८०÷८१ का लागि ३६ करोड ३४ लाख ६७ हजार ९ सयको रुपैँयाको बजेट ल्याएको छ । भौतिक पुर्वाधार, स्वास्थ्य, शिक्षा र कृषिलाई प्राथमिकतामा राख्दै उक्त बजेट गाउँसभामा पेश भएको हो ।
शिवनाथ गाउँपालिकामा क्याम्पस स्थापनाका लागि पहल गरिने बताइएको छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा क्याम्पस स्थापनाका लागि पहल गरिने उल्लेख गरिएको छ । गाउँपालिकाभित्रका उच्च शिक्षा हासिल गर्न चाहाने विद्यार्थीहरुको सहजताका लागि क्याम्पस स्थापनाका लागि पहल गरिने गाउँपालिका अध्यक्ष कर्ण सिंह साउँदले बताए ।
‘यस गाउँपालिकालिका भित्र उच्च शिक्षा प्रदान गर्न क्याम्पस स्थापनाका लागि आवस्यक पहल गरिने छ’ नीति तथा कार्यक्रममा भनिएको छ । यसैगरी विद्यार्थी शिक्षक, विव्यसको उत्कृष्ट कार्य सम्पदानलाई पुरस्कारसँग जोड दिने समसत जनाइएको छ । यसैगरी पालिकाको मातृभषाको संरुकक्षण गर्दै त्यस्ता भाषाको लिपि तथा व्याकरण लेखन तथा प्रकाशन गर्ने नीति ल्याएको छ ।




