



बैतडि:माघ १६ गते
बैतडीमा आज ११ जनामा कोरोना पुष्टि भएको छ । दशरथचन्द नगरपालिकाका ३, शिवनाथ गाउँपालिकाका २, मेलौली नगरपालिका, दोगडाकेदार र पञ्चेश्वर गाउँपालिकाका समान एक एक जना र बाह्य जिल्लाका गरी ११ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ । यसैगरी आज जिल्लाका १४ जना कोरोनाका बिरामी निको भएका स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ । जिल्लामा २ सय ४५ जना सक्रिय संक्रमित रहेका छन् ।




