Chandramani sun chadi
Laxmibhuwan sun chadi

मुलुकभरका उद्योगको क्षमता उपयोग घट्यो

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
Nagarjun mauri palan
सम्पुर्णता सुनचाँदी गहना पसल

काठमाडौं -मुलुकभरका उद्योगहरुको क्षमता उपयोग औसत ५.२३ प्रतिशत बिन्दुले घटेको राष्ट्र बैंकको एक अध्ययन प्रतिवेदनले देखाएको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको अर्धवार्षिक आर्थिक गतिविधि अध्ययनले मुलुकरभरका उद्योगहरुको औसत क्षमता उपयोग घटेको देखाएको हो ।घरेलु आर्थिक गतिविधिमा सुस्तता आउनु, बजार माग घट्नु, कच्चा पदार्थको मूल्य बढ्दै जानु, प्राविधिक/दक्ष जनशक्तिको उपलब्धता र स्थिरता नहुनु, नयाँ प्रविधि भित्र्याउन ठूलो लगानी आवश्यक पर्नु र बैंकको ब्याज दरमा स्थिरता नहुनुलगायत कारण उद्योगको क्षमता उपयोग घटेको बताइएको छ ।

 

अध्ययनअनुसार चालु आर्थिक वर्षको पहिलो ६ महिनामा उद्योगहरुको क्षमता उपयोग औसत ४३.०७ प्रतिशत छ । गत वर्षको सोही अवधिमा उद्योगहरुको औसत क्षमता उपयोग ४८.३ प्रतिशत थियो । कर्णाली प्रदेशका उद्योगहरुको क्षमता उपयोग सबैभन्दा बढीे (५१.९ प्रतिशत) छ भने मधेश प्रदेशमा संचालित उद्योगहरुको क्षमता उपयोग सबैभन्दा कम (३४.१ प्रतिशत) छ । उक्त अवधिमा बिजुली उत्पादन गर्ने उद्योगको क्षमता उपयोग ९३.१९, चकलेट उद्योगको ८५.५९ र प्रशोधित चियाको क्षमता उपयोग ८५.३९ प्रतिशत छ ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page