Vutla
Laxmibhuwan sun chadi

मदन भण्डारीको जन्मजयन्तीको अवसरमा बैतडीमा अन्तरक्रिया कार्यक्रम गरियो।

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी, प्रकाश भट्ट – तत्कालीन एमालेका महासचिव मदनकुमार भण्डारीको बिहीबार ७२ औँ जन्मजयन्ती देशभर विविध कार्यक्रम गरी मनाइएको छ। सोहि अवसरमा बैतडीमा अन्तरक्रिया कार्यक्रम गरिएको छ । ‘जनताको बहुदलीय जनबाद, आजको सान्दर्भीकता’ विषयमा खन्तरक्रिया कार्यक्रम गरिएको हो ।

जय भगवति मेलौली सुनचाँदी

एमालेका केन्द्रिय कमिटि सदस्य लिलाधर भट्ट, पार्टी जिल्ला कमिटि उपसचिव तथा मदन भण्डारी फाउन्डेसनका केन्द्रिय सदस्य सरस्वती नेपाली लगायत एमालेका जिल्ला कमिटि सदस्य तथा पार्टीका बिभिन्न भूमिका रहेका नेता कार्यकर्ताहरुको उपस्थिति रहेको जिल्ला कमिटि सचिवलालय सदस्य बलभद्र दयालले जानकारी दिए । वि.सं २००९ असार १४ गते ताप्लेजुङको ढुङ्गेसाँघुमा जन्मिएका भण्डारीको वि.सं. २०५० जेठ ३ गते चितवनको दासढुङ्गामा दुर्घटनामा परी निधन भएको थियो। भण्डारी त्यसबेला ४१ वर्ष उमेरका मात्रै थिए । उनी नेपालको राजनीतिक वृत्तमा मार्क्सवादको नविन प्रयोगकर्ता, विचारक तथा जनताको बहुदलीय जनवाद सिद्धान्तका प्रवर्तक रहेका थिए ।

नेपाली कम्युनिष्ट आन्दोलनको लोकतान्त्रिकरणका लागि ‘जनताको बहुदलीय जनवाद’(जबज)को सिद्धान्त प्रतिपादन गरी उनी जनतामाझ लोकप्रिय हुन सफल भए। भण्डारीले २०४८ सालको महाधिवेशनमा पेश गरेको जबजको सिद्धान्तलाई तत्कालीन नेकपा एमालेले आफ्नो पार्टीको सिद्धान्त मार्गचित्रको रुपमा लागू गर्दै आएको छ। एमालेसँग तत्कालीन नेकपा माओवादी केन्द्रले पार्टी एकता गर्दा पनि नेताहरुले भण्डारीले नै प्रतिपादन गरेको जनताको बहुदलीय जनवाद (जबज)लाई नै पार्टीको मार्गदर्शक सिद्धान्तको रुपमा लागू गर्ने पक्षमा उभिएका थिए।

 

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page