Vutla
Laxmibhuwan sun chadi

पञ्चेश्वरमा सिल गरेको क्लिनिक खोल्न गाउँपालिकाले नै इजाजत दिएको खुलासा

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी -बैतडीको पञ्चेश्वर गाउँपालिकाले नै अवैधानिक क्लिनिक सञ्चालनको अनुमती दिइको पाइएको छ । गत जेठ दोश्रो साता प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीको निर्देशनमा पञ्चेश्वरका स्वास्थ्य साखा प्रमुख राम शागर शाहकी श्रीमती श्यामा शाहले सञ्चालन गर्दे आएको अवैधानिक श्यामा क्लिनिकलाई पुनः सञ्चालनका लागि गाउँपालिकाले नै इजाजत दिएको खुलेको हो ।

 

जय भगवति मेलौली सुनचाँदी

सिल गरिएपछि गाउँपालिकाबाट सञ्चालनका लागि इजाजत दिएको भन्दै जानकारी गराएपछि सञ्चालन गर्न भनिएको प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले बताए । ‘सिल गरिएपछि गाउँपालिकाबाट बेलाबेला खबर गरीरहे, इजाजत दिइसेको गाउँपालिकाबाट जानकारी गरिरहे,’ प्रमुख जिल्ला अधिकारी पन्थीले भने, ‘ननमेडिकल पर्सनले बिरामी जाँच्ने र औषधी दिनु भएन, स्वास्थ्यको नियमानुसार सञ्चालन गर्दा हुन्छ भनेर जवाफ दिएका थियौँ, तर ननमेडिकल पर्सनले नै बिरामी जाँची रहेको देखपछि पक्राउ गरेका हौँ ।’

 

क्लिनिक सञ्चालनको लागि प्रचलीत कानुन बमोजिम दर्ता भइ कुनैपनि व्यक्तिलाई स्वास्थ्य सम्बन्धी जाँच, उपचार, परामर्श गर्न एक स्थानबाट पाँच वटाभन्दा कम सेवा जस्तै बहिरंग सेवा, प्रयोगशाला सेवा, रेडियो इमेजिङ्ग, फिजियोथेरापी, परिवार नियोजन, खोप सेवा जस्ता सेवा उपलब्ध गराउने संस्था हो । तर माथि उल्लेखित कुनै एकपनि पूर्ण सेवा उपलब्ध नगराएको उक्त क्लिनिक वर्षाैदेखि अवैधानिक रुपमा चलीरहेको हो ।

 

जिल्ला प्रशासन कार्यालयले पनि सिल गरिएपछि पनि गाउँपालिकाले नै नियम विपरित इजाजत दिएको खुलेको छ ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page