


बैतडी, प्रकाश भट्ट, सिटिजन बैंक इन्टरनेसनल लिमिटेडले बैतडीको पाटनमा शाखा विस्तार गरेको छ । बैतडीको पाटनमा मंगलबारदेखि वैंकको१८८ औं शाखा स्थापना गरिएको सिटिजन बैंकले जनाएको छ।
शाखाको मंगलबार एक कार्यक्रमकाबीच सिटिजन इन्टरनेसनल बैंकका सुदुरपश्चिम प्रमुख हरि प्रसाद घिमिरे र पाटन नगरपालिका उपप्रमुख कमल बोहराले उद्घाटन गरे ।


शाखा उद्घाटन कार्यक्रममा बैंकका सुपरवाइजर महेश जोशि लगायत स्थानीयको उपस्थिति थियो। मंगलबार उद्घाटन गरिएको पाटनको शाखासहित वैंकको देशभर १८८ वटा शाखा रहेका छन् यस्तै देसभरिमा १४३ वटा एटिएम, ३वटा बिस्तारित काउण्टर तथा ९७वटा शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा रहेको बैंकले जनाएको छ ।






