Vutlaxapu
Laxmibhuwan sun chadi

दोगडाकेदार गाउँपालिका भित्र रहेका यौनिक तथा लैंगिक अल्पसंख्यक नागरिक लाइ आर्थिक सहयोग

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी – प्रकाश भट्ट,बैतडीको दोगडाकेदार गाउँपालिकाले पालिकाभित्र रहेका यौनिक तथा लैंगिक अल्पसंख्यक नागरिकलाइ जनहि २० हजारका दरले आर्थिक सहयोग गरेको छ।पालिका भित्र रहेका चारजना अल्पसंख्यक नागरिकलाइ आर्थिक सहयोग गरिएको गाउँपालिका उपाध्यक्ष पार्वती ऐरि कार्किले बताइन।

जय भगवति मेलौली सुनचाँदी

सहयोग वितरण गर्दै उपाध्यक्ष कार्किले दोगडाकेदार गाउँपालिका भित्र रहेका यौनिक तथा लैङ्गिक अल्पसंख्यकको अधिकार संरक्षण गर्न र उनीहरुको जिबिकोपार्जनमा टेवा पुगाउने उदेश्यले आर्थिक सहयोग प्रदान गरिएको बताइन।

लैंगिक तथा यौनिक अल्पसंख्यकलाई परिवार र समाजले गर्ने विभेद, हिंसा र तिरस्कारका कारण उनीहरू अझै पनि कतिपय खुलेर बाहिर आउन सकिरहेका छैनन् । समलिंगी, तेस्रोलिंगी, द्विलिंगी र अन्तरलिंगी हुनु कुनै रोग वा विकृति होइन । तर, पनि समाजमा यो अझै अपाच्य छ ,उनले भनिन्। यस्तै आगामी दिनहरुमा पनि यौनिक तथा लैंगिक अल्पसंख्यक नागरिकहरुका हक अधिकार सुनिश्चित गर्न पहल गर्ने समेत बताइन

नागार्जुन मौरीपालन उधोग
Ruparoshan kirana
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page