Vutlaxapu
Laxmibhuwan sun chadi

बैतडीको दोगडाकेदारमा ३ करोड ८० लाख बजेट कटौती, भुक्तानीमा सकस

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी – प्रकाश भट्ट,बैतडीको दोगडाकेदार गाउँपालिकामा चालुआर्थिक वर्षमा झण्डै ४ करोड बजेट कटौती भएको छ। बजेट कटौती गर्दा गाँउपालिकामा कार्यरत कर्मचारीलाइ तलब खुवाउन सकस भएको छ। यस्तै पालिका भित्र सम्पन्न योजनाहरुको भुक्तानी समेत रोकिएको छ। संघिय राजस्व बांडफांड अन्तर्गत २ करोड २३ लाख ४८ हजार संघिय अनुदान समानिकरण अन्तर्गत १ करोड ३६ लाख ३७ हजार, प्रदेश समानिकरण अन्तर्गत ९ लाख ३६ हजार, राजस्व बांडफांड अन्तर्गत ११ लाख ६८ हजार गरेर झण्डै ४ करोड बजेट कटौती गरेको छ। बजेट सिमाभन्दा संघिय सरकार र प्रदेश सरकारले कम निकासा दिएकोले सम्पन्न योजनाहरुको भुक्तानी लगाएत कर्मचारीहरुको तलब समेत खुवाउन मुस्किल भएको प्रमुख प्रशासकीय अधिकृत रविन्द्र बहादुर धामिले बताए।

जय भगवति मेलौली सुनचाँदी

यस्तै संघिय सरकार र प्रदेश सरकारले बजेट कटौती गरेकोप्रति असन्तुष्टि जनाउदै गाउँपालिका अध्यक्ष चक्रबहादुर कार्किले खेद प्रकट गरेका छन।उनले भने, संघिय सरकार र प्रदेश सरकारले बजेटको सिमा निर्धारण गरेअनुसार पालिकाले निती निर्माण गरि कार्यक्रमहरु सन्चालन गरेको र भुक्तानी गर्नेबेला बजेट कटौती गरेर अन्याय गरेको बताए।

बजेट अनुसार कार्यक्रम निर्धारण गराउनु र सरकारले बजेट कटौती गर्नु आपत्तिजनक रहेको बताए।“बजेट अनुसार योजना निर्माण गरी कार्यान्वयन गर्यौ। आर्थिक वर्षको अन्तिम चौमासिकमा बजेट कटौतीले समस्या निम्त्याएको छ ।”– उहाँले भन्नुभयो। “यस बर्ष कार्यान्वयन भएका योजनाका भुक्तानी दिनका लागि आगामी वर्षमा बजेट विनियोजन गर्नुपर्ने र आगामि बर्षका योजनाहरु प्रभावित हुने समस्या सृजना भएको अध्यक्ष कार्किले बताए।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page