


बैतडी -प्रकाश भट्ट,बैतडीको दशरथचन्द नगरपालिकामा नगरभित्र रहेका मासु पसल सुधार सम्बन्धि सरोकारवालाहरु सङ्ग अन्तरक्रिया कार्यक्रम सप्पन्न भएको छ।
नगर प्रमुख पुस्कराज जोशि लख्खाभाइको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नगरपालिकाका उपप्रमुख,जिल्ला स्थित सुरक्षा निकायका प्रमुख एवं प्रतिनिधि, उधोग वाणिज्य संघका अध्यक्ष, बजार ब्यबस्थापन समिति अध्यक्ष, साथै नगरभित्रका मासु ब्यबसायि हरुको सहभागितामा सम्पन्न भएको नगरपालिकाका सुचना अधिकारी राज बहादुर बिष्टले जानकारी दिए।


कार्यक्रममा बोल्दै नगर प्रमुख लख्खाभाइले नगरपालिकालाइ मासुमा आत्मनिर्भर बनाउनुपर्नेमा जोड दिए। साथै नगरपालिकाभित्र रहेका मासुपसल अव्यवस्थित रहेकोले यसले मानव स्वास्थ्यमा प्रतक्ष असर पर्ने भएकाले सरसफाइमा घ्यान दिन मासु ब्यबसायिहरुलाइ आग्रह गरे।
कार्यक्रममा पसुबिज्ञ केन्द्र पाटनका डा.बिकाश पाठक र पसु बिकाश अधिकृत गुमानि दत्त पन्तले प्रशिक्षण दिएका थिए।साथै नगरपालिकाले उपभोक्तालाइ सुद्द मासु उपलब्ध गराउन सहज गराउने उदेश्यले १२ जना मासु ब्यबसायिहरुलाइ अनुदानमा डि फ्रिज उपलब्ध गराइएको थियो।





